१ महिना लामो मेला सुरु कला संस्कृति जोगाउँदै युवाहरु

दैलेख : दैलेखमा करिव २ सय ४० वर्ष पुरानो मानिएको एक महिने लामो बर्षे मेला सुरु भएको छ । गाँठेमंगलको दिनबाट सुरु हुने मेलाको धेरै जसो समय लाखे जात्रा मनाउने गरिन्छ ।
कृष्ण अवतार सँग जोडिएको लाखे जात्रामा कंशको रुपमा लाखे जन्माउने गरिन्छ र कृष्णाअष्ठमि पर्वमा भगवान श्री कृष्णको जन्म गराएर लाखे मारेपछि मेला समाप्त हुने गर्दछ । दैलेखमा पुरानो कला संस्कृति जोगाउनका लागि युवाहरु जुटेका छन् । तत्कालिन समयमा राजा रजौटाहरुले मेला सञ्चालन गरेवापत तिरो मिनाहा गरिदिने प्रचलन थियो अहिले लाखे जात्रा जिल्लाका मुख्य बजार केन्द्रहरुमा सञ्चालन गरिदै आएको पाइन्छ ।
संघीयता पश्चात दैलेखमा ११ वटा स्थानीय तहहरु सञ्चालनमा आएसँगै सवै स्थानीय तहमा लाखे जात्रा मनाउन थालिएको छ । १ महिने लामो मेला अवधिभर लाखे जात्रा, गाई जात्रा, रोपाँई जात्रा, बाघ जात्रा, जोगी जात्रा लगायतका जात्राहरु देखाउने प्रचलन अहिलेपनि कायमै रहेको छ ।
मेला अवधिभर स्थानीय उत्पादनहरु, डोको, चोयो, राडी, पाखी, ध्यू, महको बिक्रि बितरण गरिन्छ । पुरानो कला संस्कृति जोगाउन युवाहरुको सक्रियता बढेको छ । जागिरका सिलसिलामा जिल्ला बाहिर रहेका युवाहरु समेत बर्षे मेलाको अवसर पारेर जिल्ला आउने गर्दछन् ।
मेला अवधिभर मदिरा सेवन गर्ने, झै झगडा गर्ने काम नगर्न स्थानीय प्रशासनले सूचना समेत जारी गरेको छ ।
जिल्लामा रहेका पुराना कला संस्कृतिहरु जोगाउन युवाहरुको सक्रियता जति धेरै देखिएको छ सोही अनुसार स्थानीय सरकारले नीति निर्माण गरेर कामको सुरुवात गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार